काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णप्रसाद शर्मालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका दुई जना धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रसुवाका मिलन लामा भनिने दिलबहादुर गङदान र सिुन्धुपाल्चोकका सागर सिंह योञ्जनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतको आदेशअनुसार मिलन ५० हजार रुपैयाँ र सागर ३० हजार धरौटी बुझाएपछि प्रहरी वृत्त गौशालाबाट छुटेको प्रहरीले जनाएको छ ।
ठेक्कापट्टाको काम गर्ने लामाले ९ वैशाखको साँझ पशुपति क्षेत्र विकास कोषमा आउन भन्दै बोलाएर दुर्व्यवहार गरेका थिए । शर्माले प्रहरी कहाँ दिएको जाहेरीमा उल्लेख भएअनुसार उनीहरूले दुर्गा प्रसाईँको विरोधमा किन अभिव्यक्ति दिएको भन्दै लछारपछार गर्दै दुर्व्यवहार गरेका थिए ।