कोशी प्रदेश सभा बैठकमा काँग्रेस सहभागी हुने « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कोशी प्रदेश सभा बैठकमा काँग्रेस सहभागी हुने


२१ जेष्ठ २०८१, सोमबार


काठमाडौँ। कोशी प्रदेश सभाको बैठक अघोषित रूपमा बहिस्कार गर्दै आएको नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेश सभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ ।

मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको मुद्दाको कारण देखाउँदै काँग्रेसले जारी बर्खे अधिवेशनका बैठकमा सहभागिता जनाएको थिएन । काँग्रेसको अनुपस्थितिमा नै ३१ वैशाखमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएका थिए ।

सोमबार प्रदेश सभा बैठकअघि पत्रकार सम्मेलन गर्दै काँग्रेस दलका नेता उद्धव थापाले बैठकमा सहभागी हुने निर्णय भएको बताए । आजको बैठकमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

Tags :
प्रतिक्रिया दिनुहोस