गर्मी बढेपछि पश्चिम नवलपरासीका ४ पालिका भित्रका विद्यालय बन्द « प्रशासन
Logo १७ कार्तिक २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गर्मी बढेपछि पश्चिम नवलपरासीका ४ पालिका भित्रका विद्यालय बन्द


१७ जेष्ठ २०८१, बिहिबार


School

काठमाडौँ । अत्यधिक गर्मी बढेपछि पश्चिम नवलपरासीका चार वटा स्थानीय तहले विद्यालय बिदा गरेका छन् ।

जिल्लाको सदरमुकाम रामग्राम, बर्दघाट नगरपालिका, सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बिदा दिएका हुन् ।

रामग्राम र बर्दघाट नगरपालिकाले जेठ १७ र १८ गते नगरभित्रका निजी तथा सामुदायिक र धार्मिक विद्यालयमा बिदा दिएका हुन् ।

प्रतापपुर गाउँपालिकाले जेठ १६, १७ र १८ तीन दिनका लागि बिदा दिएको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । दिउँसोको समयमा बाहिर हिँडडुल गर्न कठिनाइ हुने र केही विद्यालयमा जस्तापाताको छाना भएकाले अत्यधिक गर्मी हुने कारणले बिदा गरिएको गाउँपालिकाले जनाएको छ ।

सरावल गाउँपालिकाले १७ गतेदेखि २० गतेसम्म ४ दिनको बिदा दिएको छ । जिल्लाको सदरमुकाम परासी र आसपासका क्षेत्रमा ३७ देखि ४० डिग्रीसम्म तापक्रम मापन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस