महिला र बालबालिकाको उपचार हुने सरकारी अस्पतालमा जनशक्ति अभाव « प्रशासन
Logo ११ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महिला र बालबालिकाको उपचार हुने सरकारी अस्पतालमा जनशक्ति अभाव


१६ जेष्ठ २०८१, बुधबार


महालेखा परीक्षक

काठमाडौँ । महिला र बालबालिका उपचार हुने काठमाडौँ उपत्यकाका सरकारी अस्पतालमा जनशक्तिको अभाव रहेको छ । 

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालमा जनशक्तिको अभाव भएको हो । प्रसूति अस्पतालमा स्वीकृत दरबन्दी ६४८ मध्ये ५६० पदपूर्ति भएको छ भने ११ औँ तहको गाइनोक्लोजिष्ट १ र मेट्रोन १, अस्पताल प्रशासक १ प्रमुख पेडियाट्रिसियन १, कन्सलट्यान्ट प्याथोलोजिष्ट १ र मेडिकल अधिकृत लगायत सेवामा प्रत्यक्ष संलग्न हुनुपर्ने ८८ पद रिक्त रहेको महालेखापरीक्षकको ६१ औँ प्रतिवेदनमा उल्लेख छ ।

यसै गरी कान्ति बाल अस्पतालमा अस्पताल विकास समितितर्फ चिकित्सक, नर्स, पारामेडिक्स र अन्यसमेत २९६ जनाको दरबन्दी स्वीकृत भएकोमा स्थायीतर्फ १३५ कार्यरत रहेको पाइएको छ । रिक्त दरबन्दीमा सेवा करार तथा ज्यालादारीबाट कार्य सञ्चालन गरिएको छ । 

प्रतिवेदन अनुसार नेपाल सरकारतर्फ ७५ चिकित्सक, ९६ नर्स र अन्यसमेत ९३ को दरबन्दी रहेकोमा चिकित्सक ६६, नर्स ६५ समेत १७० कार्यरत छन् । चिकित्सक ९, नर्स ३१ समेत ९४ पद रिक्त रहेको छ । जनशक्ति अभावमा चिकित्सकको सेवा लिन कम्तीमा २ देखि ३ घण्टासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ । 

त्यस्तै हाइड्रोशीलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्ष, सामान्य शल्यक्रिया गर्न ३ महिनादेखि १ वर्ष, जटिल शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ । अस्पतालमा ३३ शय्याको आई.सी.यु. र ३० शय्याको सर्जिकल वार्ड भए तापनि आई. सी. यु. सेवा आवश्यक पर्ने बिरामीलाई शय्या अभावका कारण अन्यत्र प्रेषण गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा औँल्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस