सदनको गतिरोध खुलाउन प्रधानमन्त्रीले गरेको छलफल निष्कर्षविहीन, साँझ फेरि बैठक बस्ने « प्रशासन
Logo ११ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सदनको गतिरोध खुलाउन प्रधानमन्त्रीले गरेको छलफल निष्कर्षविहीन, साँझ फेरि बैठक बस्ने


१४ जेष्ठ २०८१, सोमबार


काठमाडौँ । सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता पक्ष र प्रतिपक्ष दलहरूसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’ले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरू उठेका छन् ।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली काँग्रेसका नेताहरुले पनि आजै दिउँसो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन् ।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी काँग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन आज सभापति लगायतका नेताहरूसँग छलफल गर्ने जानकारी दिए ।

काँग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरूले सहकारी ठगी प्रकरणको विषयमा पूर्ववत् अडान कायम राखेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस