१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नासु बमबहादुरले गरे सगरमाथाको सफल आरोहण

अ+ अ-

काठमाडौँ । रुकुम पश्चिम स्थायी घर भएका बमबहादुर विकले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका छन् ।

उनले २०८१ जेठ ६ गते (१९ मे २०२४) बिहान ५ बजेर ५७ मिनेटमा सगरमाथामा पाइला टेकेका हुन् । काभ्रेको खानीखोला गाउँपालिकामा लेखापालको जिम्मेवारीमा रहेका उनले सगरमाथामा खानीखोला गाउँपालिका र सानोभेरी गाउँपालिका रुकुम पश्चिमको लोगो अङ्कित ब्यानर फहराए ।

योसँगै उनले ‘यात्रीको यात्रा’ नामको ब्यानर पनि सगरमाथामा फहराएका छन् । विकले यसअघिका र यो यात्रालाई ‘यात्रीको यात्रा’ नाम दिएका थिए । उनले यसअघि दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवा र अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो हिमालको समेत सफल आरोहण गरिसकेका छन् । सगरमाथा आरोहणपछि उनले भनेका छन्, ‘एक पटक फेरि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने चुनौतीपूर्ण, जोखिम, साहसिक सँगसँगै गौरवमय इतिहासका साथ अविस्मरणीय यात्रा बनाउन कठिन पूर्ण ठूलो निर्णय लिएकोमा यसले सार्थकता पाएकोमा म आफै दङ्ग भएको छु ।’

सगरमाथा आरोहणमा सहयोग गर्ने र हौसला प्रदान गर्नेहरू प्रति उनले धन्यवाद दिएका छन् । उनले सगरमाथा आरोहणका लागि सहयोग र हौसला प्रदान गर्ने आफू कार्यरत गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङ (छिन्ताङ), उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरू, वडा अध्यक्षहरू लगायत जनप्रतिनिधि र सहकर्मीहरू प्रति पनि आभार प्रकट गरेका छन् ।

संविधानले नै जातीय रूपमा छुवाछुत जघन्य अपराध स्वीकार गरेको परिपेक्ष्यमा सबै धर्म, जातजाति, वर्ग, लिङ्ग तथा समुदाय सबै समान हुन भन्ने मूल सन्देशसहित साहसिक काम मार्फत रचनात्मक राष्ट्रव्यापी सन्देश दिन सगरमाथा आरोहण गरेको उनले बताए । ‘हामी पनि सक्छौँ’ भन्ने मूल उद्देश्यसहित सामाजिक, आर्थिक, राजनैतिक तथा धार्मिक रूपमा पछाडि परेको वा पारिएको समुदायको एक पात्रको रूपमा प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गरेको उनको भनाइ छ ।

सम्बन्धित समाचार : दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवाको सफल आरोहण गर्ने पहिलो निजामती कर्मचारी बने बमबहादुर विक

प्रतिक्रिया दिनुहोस