संसदीय समिति नबन्दासम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान कायमै « प्रशासन
Logo ७ श्रावण २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संसदीय समिति नबन्दासम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान कायमै


४ जेष्ठ २०८१, शुक्रबार


काठमाडौँ । दलहरूका प्रमुख सचेतक, सचेतक र सभामुख देवराज घिमिरेबीचको बैठक सकिएको छ ।

बैठकमा विपक्षी दलहरूले संसदीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने अडान सुनाएका छन् ।

सभामुखसँगको बैठकमा विपक्षी दलका नेताहरूले सभामुखलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रहसमेत गरेका थिए ।

बैठकपछि काँग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘हामी विपक्षीहरूले जबरजस्ती सदन नचलाउन सभामुखलाई आग्रह गरेका छौँ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विरोध हुँदै गर्दा बैठक चलाउन मिल्दैन भनेर सभामुखलाई आग्रह गरेको बताए । उनले भने, ‘छानबिन समिति नबन्दासम्म बैठक चल्दैन । जबरजस्ती चलाउन खोजपछिको परिस्थितिको जिम्मा सभामुखले लिनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस