शिक्षकको तलब मासिक रूपमा दिइने « प्रशासन
Logo १४ जेष्ठ २०८१, सोमबार
   

शिक्षकको तलब मासिक रूपमा दिइने


१ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकको तलब मासिक रूपमा दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब मासिक रूपमा दिने सरकारको योजना प्रस्तुत गरेका हुन् ।

अहिले शिक्षकहरूले चौमासिक रूपमा तलब पाउँदै आएका छन् । शिक्षकलाई राजनीतिक दलसँग आबद्ध हुन नदिने कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने घोषणा पनि सरकारले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस