बारपाक सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   « प्रशासन
Logo १६ जेष्ठ २०८१, बुधबार
   

बारपाक सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा  


१२ बैशाख २०८१, बुधबार


काठमाडौँ । २०७२ वैशाख १२​ गते गएको विनासकारी महाभूकम्पको स्मृतिमा आज गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । 

मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले आज बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । 

नौं वर्ष अगाडि ०७२ वैशाख १२ गते शनिबार मध्यान्ह्र बारपाक केन्द्रबिन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्प र त्यसपछि निरन्तर गएको ठूला पराकम्पमा ज्यान गुमाएका नागरिकको सम्झनामा गाउँपालिकाले बिदा दिएको जनाएको हो । 

गाउँपालिकाले आज पौन्य बाह्र बजे वडा नम्बर १ मा रहेको श्री हिमालय माविको खेलमैदानमा श्रद्धाञ्जली सभा राखेको जानकारी भट्टले दिए । 

०७२ मा गएको भूकम्पमा गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं,  ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै जन धनको क्षति पुगेको थियो भने ३२ जिल्ला प्रभावित भयो । 

बारपाकका सहित आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी मानिस घाइते भएको गृह मन्त्रालयको तथ्याङ्क छ ।  भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रूपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्‍यायो ।

Tags :
प्रतिक्रिया दिनुहोस