कोशीका मुख्यमन्त्री कार्की विरुद्धको संकल्प प्रस्ताव पारित « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कोशीका मुख्यमन्त्री कार्की विरुद्धको संकल्प प्रस्ताव पारित


७ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की विरुद्धको संकल्प प्रस्ताव पारित भएको छ।

प्रदेशको विशेष अधिवेशनबाट कार्कीले वैशाख २५ सम्म राजीनामा दिनुपर्ने या विश्वासको मत लिनुपर्ने ब्यहोरा सहितको संकल्प प्रस्ताव पारित भएको हो।

प्रस्तावको पक्षमा ५२, विपक्षमा शून्य र तटस्थमा ३ मत परेको थियो। ध्वनी मतबाट भएको विभाजनमा एमाले, माओवादी र जसपाका सांसदहरूले संकल्प प्रस्तावको पक्षमा उभिएका थिए।

काँग्रेसका सांसदहरू भने विपक्षमा नउठेपछि प्रस्तावको विपक्षमा मत परेन। राप्रपाका तीन जना सांसद भने तटस्थ बसेका हुन्।  

मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता गरेका दुई दलको कदमलाई चुनौती दिँदै मुख्यमन्त्रीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान नछाडेपछि एमाले र माओवादीले संकल्प प्रस्ताव पेश गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस