सुनको मूल्य तोलामा ७०० ले बढ्यो « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सुनको मूल्य तोलामा ७०० ले बढ्यो


७ बैशाख २०८१, शुक्रबार


काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी भने घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर एक हजार ७२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

बिहीबार चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।  

Tags :
प्रतिक्रिया दिनुहोस