सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो


७ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । सिन्धुपाल्चोकको पिस्कर-५ धारावतीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन जनाको परिचय खुलेको छ ।

मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाका ७० वर्षीय मान बहादुर थामी, १७ वर्षीय शिव श्रेष्ठ र १८ वर्षीय दिपेन्द्र थामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

उनका अनुसार दोलखाबाट जन्ती लिएर आउँदै गरेको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चौताराको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस