काठमाडौँ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख संजय साहलाई दुई दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालतले कलेजका प्रबन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साहलाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको पर्साका प्रहरी प्रवक्ता केशर न्यौपानेले जानकारी दिए ।
वीरगन्ज महानगरपालिका १५ स्थित कलेजको शिक्षण अस्पतालमा विशेष सूचनाको आधारमा औषधि विभाग, महानगरपालिका र प्रहरीको टोलीले छापा मारेको थियो । सो क्रममा म्याद गुज्रेको केमिकल प्रयोग भएको पाइएपछि कलेजका प्रबन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साहलाई प्रहरीले पक्राउ गरेको हो ।
सम्बन्धित समाचार :