१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर

अ+ अ-

दमौली (तनहुँ) । भानु नगरपालिका–५ पुरनडिहीस्थित नगर अस्पतालमा अब २४सै घण्टा चिकित्सक सेवा उपलब्ध हुने भएको छ । सङ्घीय सरकारबाट दरबन्दी कायम गरी डाक्टर खटिएसँगै अब बिरामीले २४सै घण्टा  चिकित्सक सेवा पाउने निश्चित भएको हो । 

केही दिन अगाडि मेडिकल अधिकृत अपराजिता सिंह नगर अस्पतालमा हाजिर भएसँगै विशेषगरी भानु नगरपालिका तथा आसपासका बिरामीलाई परीक्षणमा सहज भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । नगर अस्पतालबाट बहिरङ्ग सेवा, २४सै घण्टा आकस्मिक सेवा, गर्भवती जाँच, प्रसूति सेवा, खोप तथा पोषण सेवा, प्रयोगशाला सेवालगायत सेवा प्रदान हुँदै आएको छ । 

पुरनडिही नगर अस्पताललाई सुविधासम्पन्न बनाउन नगरपालिकाका तर्फबाट पहल हुँदै आएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए। नगरवासीको स्वास्थ्यजस्तो महत्त्वपूर्ण विषयलाई नगरपालिकाबाट हुनसक्ने सम्पूर्ण कार्य पूरा गर्न नगरपालिका तयार रहेको र आगामी आवको बजेटमा स्वास्थ्यलाई प्राथमिकता राखिने प्रतिबद्धता उनले व्यक्त गरे। 

पाठेघर परीक्षण शिविर 

भानु नगरपालिकामा चैत २८ देखि ३० गतेसम्म पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण तथा उपचार शिविर आयोजना हुने भएको छ । भानु नगरपालिका र तुलसीमाया मेमोरियल क्यान्सर रिलिफ टोखा काठमाडौँको संयुक्त आयोजनामा शिविर हुन लागेको हो । 

 चैत २८ गते वडा नं १० को कालीमाटीमा रहेको नगरस्तरीय अस्पतालमा, चैत २९ गते वडा नं ३ को खहरेमा रहेको भानु स्वास्थ्य चौकीमा र चैत ३० गते पुरनडिही नगर अस्पतालमा शिविर सञ्चालन हुने  भानु नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस