बझाङ उपनिर्वाचन : नेकपा एमालेका भण्डारीले गरे उम्मेदवारी दर्ता   « प्रशासन
Logo १४ जेष्ठ २०८१, सोमबार
   

बझाङ उपनिर्वाचन : नेकपा एमालेका भण्डारीले गरे उम्मेदवारी दर्ता  


२४ चैत्र २०८०, शनिबार


काठमाडौँ । प्रदेश सभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट दमन भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उनले पार्टीको तर्फबाट उम्मेदवारी दिएका हुन् । 

भण्डारी एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य एवं सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, सुदूरपश्चिम प्रदेशका पूर्वसभामुख अर्जुन थापा, पूर्वराज्यमन्त्री आशा विक, संविधानसभा सदस्य अफिलाल ओखेडा, केन्द्रीय सदस्य ऐन महरसहित नेता कार्यकताको जुलुस लिएर उम्मेदवारी दर्ता स्थल पुगेका थिए ।

उम्मेदवारी दर्ताअघि एमाले पार्टी कार्यालयमा आयोजना गरेको सभामा बोल्दै उनले आफ्नो पक्षमा अनुभवी कोच रहेको बताउँदै निर्वाचनमा गोल हान्ने दाबी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस