आफूहरूको सहमतिबेगर सदनका एजेन्डा बनाइए कठोर हुने सभामुखलाई काँग्रेसको चेतावनी « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आफूहरूको सहमतिबेगर सदनका एजेन्डा बनाइए कठोर हुने सभामुखलाई काँग्रेसको चेतावनी


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आफूहरूको सहमति बगेर संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ । अन्यथा, आफूहरू कठोर हुने चेतावनी दिएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै काँग्रेसले उठेर विरोध गरेको थियो । सभामुख घिमिरेले समय दिएपछि काँग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले संसदमा एजेन्डा तय हुँदा प्रमुख प्रतिपक्षी र कार्य व्यवस्था परामर्श समितिको सहमति हुनुपर्ने बताएका हुन् ।

बुधबार आफूहरूको असहमतिका बाबजुद एजेण्डा राख्न खोजिएको र सभामुखले त्यसलाई सच्याएको पनि उनले बताए ।

‘यदि प्रमुख प्रतिपक्षको सहमति बेगर या कार्य व्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै पन प्रस्तुति रोष्ट्रमबाट आकस्मिक रूपमा गर्न लागियो भने त्यसमा फेरि प्रमुख प्रतिपक्षको विनम्रतापूर्वक तर, उत्तिकै कठोरतापूर्वक विमति रहने कुरा म पूर्वसूचना आजको हाउसमा सबै भन्दा पहिले गर्न चाहन्छु,’ सांसद शर्माले भने ।

सहकारीको रकम अपचलनबारे आरोपित रहेको भनी काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ । संसदमा उठेका प्रश्नहरूको जवाफ संसदमै दिन चाहेको उपप्रधानमन्त्री लामिछाने बताउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस