२ चैत्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री बुढा र मेयर बालेनबीच फोहर व्यवस्थापनबारे छलफल

अ+ अ-

काठमाडौँ । सहरी विकासमन्त्री धनबहादुर बुढा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीच नुवाकोटको बञ्चरेडाँडामा फोहर व्यवस्थापनका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ । 

मन्त्री बुढा र प्रमुख साहबीच आज मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहर व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर काम गर्ने र आपसी सहकार्यबाट अघि बढ्ने विषयमा छलफल भएको हो । तत्कालका लागि स्थानीयको सरोकारलाई सम्बोधन हुने गरी बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने र माग सम्बोधन गर्ने विषयमा प्रमुख साहसँग मन्त्री बुढाले मिलेर अघि बढ्न प्रस्ताव गरे । 

मन्त्री बुढाले बञ्चरेडाँडामा जाने फोहरको परिमाणलाई कम गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको जानकारी दिँदै फोहर व्यवस्थापनको दीर्घकालीन समाधानमा काठमाडौँ र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय तथा सहकार्य गर्न चाहेको उल्लेख गरे । 

“काठमाडौँको विकासका लागि महानगरपालिकाले गर्न चाहेका विकास निर्माणका काममा हामी हातेमालो गरेर अघि बढ्न तयार छौँ”, उनले भने, “सुन्दर, सफा र व्यवस्थित राजधानी बनाउने अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्छ ।” 

प्रमुख साहले फोहर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको बताए । उनले महानगरले केही वडावाट शून्य फोहर कार्यक्रम सुरु गर्न लागेको उनले जानकारी दिए । उनले बञ्चरेडाँडास्थित ल्याण्डफिलसाइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरी फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताए ।  

प्रमुख शाहले काठमाडौँ उपत्यकामा ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अव्यवस्थित बस्तीलाई हटाउनका लागि आवश्यक समन्वय गरेर अघि बढ्न मन्त्री बुढासँग आग्रह गरे । 

छलफलमा सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे, स्थानीय पूर्वाधार विभागका महानिर्देशक भरत अर्याललगायत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस