सशस्त्र प्रहरीद्वारा १५ सीमा स्तम्भको पुनर्स्थापना « प्रशासन
Logo २९ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सशस्त्र प्रहरीद्वारा १५ सीमा स्तम्भको पुनर्स्थापना


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सशस्त्र प्रहरी बलले नेपाल-भारत सीमा क्षेत्रमा हराएका १५ सीमा स्तम्भको पुनर्स्थापना र २ हजार १३५ सीमा स्तम्भको मर्मत सम्भार गरेको छ ।

नापी विभागको तथ्यांकअनुसार नेपाल-भारतबीच ८ हजार ८५३ सीमा स्तम्भ छन् । जसमध्ये सशस्त्र प्रहरी बलले ३ चैतसम्म १७ जिल्लाका २ हजार १३५ सीमा स्तम्भको मर्मत सम्भार गरेको प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए ।

१६ कात्तिकमा मधेश प्रदेशको छिन्नमस्ता बाहिनीबाट सीमा स्तम्भको मर्मत सुरु गरिएको थियो । हालसम्म झापामा १७० वटाको रंगरोगन, १२८ वटाको सामान्य मर्मत, १६ वटाको मध्यमस्तरको मर्मत र ३ वटाको पूर्ण मर्मत गरिएको छ ।

त्यस्तै मोरङमा ३३, सुनसरीमा १३३, सिरहामा १६५, धनुषामा १५४, महोत्तरीमा १४, सर्लाहीमा १३७, बारामा ११२, पर्सामा ४०१, पश्चिम नवलपरासीमा ९, रुपन्देहीमा ७३, कपिलवस्तुमा २७३, दाङमा ३५, बाँकेमा ७१, बर्दियामा ३९, कैलालीमा १०३ र कञ्चनपुरमा ६७ गरी २ हजार १३५ सीमा स्तम्भको मर्मत गरिएको छ ।

त्यस्तै पर्साका ४, झापा र कञ्चनपुरका ३र३, कपिलवस्तुका २, सुनसरी, बारा र कैलालीका १र१ गरी १५ वटा सीमा स्तम्भको पुनर्निर्माण गरिएको छ । पहिला रहेका तर अहिले हराएको पाइएपछि ती ठाउँहरूमा नयाँ सीमा स्तम्भ निर्माण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सरकारले सीमा स्तम्भको मर्मत सम्भार जिम्मा सशस्त्र प्रहरी बललाई दिएपछि नापी विभागको सहयोगमा सीमा स्तम्भ मर्मत सम्भार गरिएको हो ।

नेपाल-भारत बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लुजी) को पाँचौँ बैठकले सन् २०१४ पछि मर्मत तथा निर्माण भएका सीमा स्तम्भमध्ये जोर नम्बरको सीमा स्तम्भ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एपीएफको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ एपीएफले एसएसबीको उपस्थितिमा मर्मत सम्भार गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस