काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जाँचबुझ आयोगको प्रतिवेदन हेरेपछि मात्रै नेकपा एसले मन्त्री प्रकाश ज्वालाबारे निर्णय गर्ने भएको छ ।
बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन नहेरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाबारे निर्णय गर्न नसकिने बताएको हो ।
बिहीबार बसेको सचिवालय बैठकमा मन्त्री प्रकाश ज्वालाबारे कुराकानी भएको थियो । तर कसलाई कुन कारणले दोषी देखाइएको छ भन्ने जानकारी नभएको र प्रधानमन्त्रीले जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरिहरेकाले कुनै निर्णय नगरेको समाजवादीले जनाएको छ ।