दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवाको सफल आरोहण गर्ने पहिलो निजामती कर्मचारी बने बमबहादुर विक « प्रशासन
Logo ३ श्रावण २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवाको सफल आरोहण गर्ने पहिलो निजामती कर्मचारी बने बमबहादुर विक


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । रुकुम पश्चिम स्थायी घर भएका बमबहादुर विकले दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवाको सफल आरोहण गरेका छन् । विकले अर्जेन्टिनाको स्थानीय समय अनुसार फेब्रुअरी १३ का दिन बिहान ९ बजेर ५९ मिनेटमा एकान्कागुवाको सफल आरोहण गरेका हुन् ।

काभ्रेको खानीखोला गाउँपालिकामा लेखापालको जिम्मेवारीमा रहेका उनले हिमालको सफल आरोहणसँगै नेपालको राष्ट्रिय झन्डासमेत फहराएका थिए । योसँगै एकान्कागुवा हिमालको सफल आरोहण गर्ने उनी पहिलो निजामती कर्मचारीसमेत बनेका छन् ।

हिमाल आरोहणपछि उनले भनेका छन्, ‘सात महादेशको उच्च शिखर मध्येको एक दक्षिण अमेरिकाको सबैभन्दा उच्च शिखर  एकान्कागुवाको आरोहण गर्न सफल भएको छु । नेपालको निजामती कर्मचारीकै रूपमा उक्त शिखर आरोहण गर्ने पहिलो आरोही हुन पाउँदा गर्व लागेको छ ।’ उनले हिमाल आरोहणका लागि प्रेरणा दिने र सहयोग गर्नेहरू प्रति आभार प्रकट गरेका छन् । 

उनले भने, ‘मेरा हरेक सफलतालाई आफ्ना सफलता सम्झेर रमाउने जन्म दिने बाबा–आमाप्रति सधैँ नै ऋणी छु ।’ उनले हिमाल आरोहणका लागि सहयोग र हौसला प्रदान गर्ने आफू कार्यरत गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङ ( छिन्ताङ), उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, वडा अध्यक्षहरू लगायत जनप्रतिनिधि र सहकर्मीहरू प्रति आभार प्रकट गरेका छन् ।

एकान्कागुवा सात महादेशको उच्च शिखरमध्येको एक हो । उक्त हिमाल ६,९६२ मिटर अग्लो छ । उनले यसअघि अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो हिमालको समेत सफल आरोहण गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस