Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हात्ती थपिँदै


२ पुस २०८०, सोमबार


महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हात्ती थपिँदै छन् । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षार्थ गरिने गस्तीका लागि हात्तीको अभाव रहेको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार १० हात्तीको दरबन्दी रहेको शुक्लाफाँटामा हाल आठ हात्ती छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले चितवनबाट यहाँ दुई हात्ती ल्याउने विषयमा विभागबाट निर्णय भइरहेको बताए ।

विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख वासस्थान रहेको शुक्लाफाँटामा ३६ पाटे बाघ, १७ गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्त्वपूर्ण वासस्थान छ । हाल यहाँ बाघ गणना भइरहेको छ । निकुञ्जभित्र सडक सञ्जालको पहुँच नभएको र तालतलैया भएको संवेदनशील क्षेत्रमा हात्तीको सहारामा निकुञ्ज कर्मचारी एवं निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले गस्ती गर्ने गरेका छन् ।

“चितवनबाट दुई हात्ती थपिएपछि काम गर्न सहज हुन्छ”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, “जङ्गली हात्तीबाट क्षति कम गर्न पनि विभिन्न कोणबाट कार्यक्रम सञ्चालन हुने तयारी छ ।” निकुञ्जभित्र पश्चिम सेक्टरमा हात्तीबाट गस्ती गरेर वन्यजन्तु सुरक्षामा जोड दिइएको भए पनि पूर्व अर्जुनी सेक्टरमा भने कर्मचारी र सैनिक जनशक्ति मात्र परिचालित छन् । 

निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुबेला गरी तीन स्थानमा हात्तीसार छन् । एउटा हात्ती गस्ती लैजानेदेखि स्याहारसम्म गरेर माहुते, पछुवा र फणित गरेर तीन कर्मचारी खटिँदै आएका छन् । विसं २०२६ मा सिकार आरक्षका रूपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जारी बाघ गणनाको नजिता आगामी वैशाखसम्म सार्वजनिक गरिनेछ । यसैगरी निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र स्थापनाका लागि पनि गृहकार्य भइरहेको प्रमुख संरक्षण अधिकृत भट्टराईको भनाइ छ । “बाघलगायत सबै खाले वन्यजन्तुको उद्धार एवं नियन्त्रणमा लिने खालको जनशक्तिसहितको टोली तयार हुँदैछ”, उनले भने, “अब केही समयपछि वन्यजन्तुको उद्धारका लागि बर्दियालगायत अरु ठाउँको भर पर्नुपर्दैन ।”

Tags :
प्रतिक्रिया दिनुहोस