तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु ३४ घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु ३४ घाइते


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । पृथ्वीराजमार्गको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २ जना यात्रुको मृत्यु भएको छ ।

दुर्घटनामा पर्दा अरु ३४ यात्रु घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार बसमा यात्रा गरिरहेका ३६ जना मध्ये मृत्यु भएका २ जनाको सनाखत हुन सकेको छैन । ३४ जना घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि उनीहरूलाई पोखरा पठाइएको प्रशासनले जनाएको छ ।

धरानबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७८९५ नम्बरको बस अनियन्त्रित भएर सडकबाट खसेको थियो । दुर्घटनामा घाइते भएका अरु यात्रुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार गरिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस