काठमाडौँ । इलाममा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ।
आइतबार अपराह्नमा रोङ गाउँपालिका-३ भालुजोडास्थित सडकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विष्णु खड्काले प्रशासनलाई बताए ।
उनका अनुसार ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ४०० मिटर तल भीरमा खसेर रूखमा अड्किएको हो। दुर्घटनापछि बसमा रहेका ३६ जनालाई निकालिएको थियो। एक जना मृतक बालकसहित ३५ जना घाइतेहरूलाई बिएण्डसी अस्पतालमा पठाइएको छ। बालकको पहिचान खुलेको छैन।
प्रहरी निरीक्षक खड्का अनुसार बसमा सवार धनुषा नगरपालिका-९ धारापानीका स्थानीयहरू हुन्। कन्याम घुम्न आएको उक्त बस दुर्घटनामा परेको हो।