मिस युनिभर्सको उपाधि निकारागुआकी सेनिसलाई « प्रशासन
Logo १६ मंसिर २०८०, शनिबार
   

मिस युनिभर्सको उपाधि निकारागुआकी सेनिसलाई


३ मंसिर २०८०, आइतबार


काठमाडौँ । यस वर्षको ‘मिस युनिभर्स २०२३’ को उपाधि निकारागुआकी सेनिस पलासियोसले जितेकी छन् ।

एल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीलाई पछि पार्दै २३ वर्षिया पलासियोसले ७२ औं मिस युनिभर्सको उपाधि जितेकी हुन् ।

दक्षिण अमेरिकी मुलुक निकारागुआका लागि मिस युनिभर्स टाइटल पहिलो पटक हो । त्यस्तै थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर–अप हुँदा अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड रनरअप घोषित भइन् ।

नेपालको यात्रा भने अन्तिम २० मा पुगेर टुंगिएको छ । मुलुकको प्रतिनिधित्व गरेकी जेन दीपिका गारेटले ‘प्लस साइज मोडल’को रूपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुलेपनि आफ्नै मुलुकको रेकर्ड भने तोड्न सकिनन् ।

दीपिका अन्तिम २० मा छनोट भए पनि अन्तिम १० मा पुग्न सकिनन् । सन् २०१८ मा मनिता देवकोटा अन्तिम १० मा छनोट भएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस