पत्रकार पराजुलीको अङ्ग्रेजी कथा सङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

पत्रकार पराजुलीको अङ्ग्रेजी कथा सङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा


८ कार्तिक २०८०, बुधबार


चितवन । पत्रकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरूको सङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा आएको छ ।

पराजुलीको यो तेस्रो पुस्तक हो । यसअघि उनका ‘कुमाता’ र ‘मोम्चो’ कथा सङ्ग्रह प्रकाशित भैसकेका छन् ।

सामाजिक विषयवस्तुमा कथा लेख्दै आएका पराजुलीले समाजमा विद्यमान अवस्थालाई आफ्ना कथामा उतारेका छन् ।

कुमाता र मोम्चो कथा सङ्ग्रहका केही कथाको अङ्ग्रजी अनुवाद ड्रिमी आइजमा राखिएको कथाकार पराजुलीले जानकारी दिए ।

कथालाई भरत भट्टराई र मिली जोशीले अनुवाद गरेका हुन् ।

पराजुलीका तीन वटै पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

यस सङ्ग्रहमा १७ वटा कथा समावेश गरिएको छ ।

कथाकार पराजुली लामो समय देखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस