१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलमा घाइते भएकाहरूको सरकारी खर्चमा उपचार गर्न काँग्रेसको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले इजरायल आक्रमणमा घाइते भएकाहरूको सरकारको खर्चमा उपचार गर्न माग गरेको छ ।

काँग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले १० जना नेपाली विद्यार्थीको समेत ज्यान लिने गरी हमासले गरेको आक्रमणको भर्त्सना गरेको छ ।

काँग्रेसले मृतकको शव यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउन माग गरेको छ । घटनामा घाइते भएका दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।

साथै सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्न समेत काँग्रेस संसदीय दलको बैठकले माग गरेको छ ।

काँग्रेसले इजरायलमा भएका नेपालीहरूको विवरण सङ्कलन गरी जोखिममा रहेका नेपालीहरूको सकुशल उद्धार गर्न र सुरक्षित स्थानमा राखेर आवास र भोजनको व्यवस्था माग गरेको छ ।

साथै स्वदेश फर्कन चाहनेहरूलाई अविलम्ब फर्काउन समेत सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस