मोबाइल हराए वा नम्बर परिवर्तन भए तुरुन्त बैंकलाई भन्नुस् : राष्ट्र बैंक « प्रशासन
Logo २५ मंसिर २०८०, सोमबार
   

मोबाइल हराए वा नम्बर परिवर्तन भए तुरुन्त बैंकलाई भन्नुस् : राष्ट्र बैंक


१९ असार २०८०, मंगलबार


राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मोबाइल हराए वा चोरी भए अथवा नम्बर परिवर्तन भए तुरुन्त बैंक तथा वित्तीय संस्थालाई जानकारी गराउन आव्हान गरेको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थामा खाता खोली मोबाइल बैकिङ तथा इन्टरनेट बैकिङ जस्ता सेवा प्रयोग गर्दा फोन नम्बर प्रयोग हुने भएकाले मोबाइलसँगै खाताको रकम चोरी हुनसक्ने भन्दै सचेत गराएको छ ।

केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ, यदि तपाइले कुनै कारणबस मोबाइल नम्बर परिवर्तन गर्नुभयो भने वा तपाइको पुरानो नम्बर अन्य व्यक्तिको हातमा आयो भने तपाइको खातासम्बन्धी विवरण अनधिकृत व्यक्तिको पहुँचमा पुग्न सक्ने जोखिम हुन्छ ।

त्यसैले मोबाइल हराएमा वा नम्बर परिवर्तन भएमा तुरुन्त सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराउनुपर्छ ।

मोबाइलमार्फत वित्तीय सेवाको प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको नम्बर वा आधिकारिक एप्लिकेशन प्रयोग गर्न केन्द्रीय बैंकले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस