काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको मृत्यु भएको वडाध्यक्ष कमल प्रसाद पोखरेले जानकारी दिए।
मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाध्यक्ष पोखरेलले बताए।
घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन्। तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ।