Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

न्यायाधीश श्रीकृष्ण भट्टराईद्वारा राजीनामा


११ असार २०८०, सोमबार


काठमाडौँ । न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका न्यायाधीश भट्टराईले नैतिक सङ्कट परेको भन्दै पदबाट राजीनामा दिएका हुन् । 

सर्वोच्च अदालत श्रोतका अनुसार न्यायाधीश भट्टराईले सोमबार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । भट्टराईले प्रधानन्यायाधीश पदका लागि हरिकृष्ण कार्की योग्य नभएको आरोप लगाउँदै संसदीय सुनुवाइ समितिमा २६ पृष्ठ लामो उजुरी दर्ता गराएका थिए । तर सुनुवाइ समितिले उनको उजुरीलाई ‘उजुरीका लागि उजुरी’ भन्दै छलफल गर्नै उचित ठानेन । आफैँले कानुनी र नैतिकरुपमा प्रश्न उठाएका व्यक्ति प्रधानन्यायाधीश बनेको कारण उनी मातहत बसेर काम गर्न नैतिक सङ्कट पर्ने भन्दै भट्टराईले राजीनामा बुझाएका हुन् ।

न्यायाधीश भट्टराईले सोमबारबाटै लागू हुने गरी राजीनामा बुझाएका हुन् । यसअघि असार १० गतेसम्म न्यायाधीश भट्टराई बिदामा बसेका थिए ।

भट्टराईको राजीनामा प्रधानन्यायाधीश कार्कीले आवश्यक कार्यार्थका लागि लेखी पठाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस