नेपाल एउटा सुन्दर स्यान्वीच हो, कुनैपनि समय खाईन सक्छौं : उपसभामुख राना मगर « प्रशासन
Logo ३ श्रावण २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेपाल एउटा सुन्दर स्यान्वीच हो, कुनैपनि समय खाईन सक्छौं : उपसभामुख राना मगर


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले, जलवायु परिवर्तनको असरका कारण नेपाल ठुलो संकटमा पर्दै गएको टिप्पणी गरेकी छिन् ।

ललितपुरको युएन पार्कमा विश्व वातावरण दिवसको सन्दर्भ पारेर आयोजित सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले शक्तिशाली देशको बीचमा रहेको नेपालमा आफ्नो कारणले भन्दा अरूको कारणले जलवायु परिवर्तनको क्षेत्रमा धेरै क्षति पुगेको र त्यस्तो क्षतिबाट बच्न आवश्यक कानून निर्माण हुन आवश्यक रहेको बताइन् ।

‘ न्यूक्लियरको कुरा पनि छ, न्यूक्लियरले पनि जलवायुलाई कुहाउने काम गर्छ, जस्तै क्यान्सरको उपचार हुन्छ । यसमा पनि नेपालले आफूमा भएको स्रोतलाई कसरी प्रयोग गर्न सकिन्छ र त्यसको कानून बनाउनु पर्छ ।’ उनले भनिन् ‘ऊर्जा एजेन्सी अमेरिकाबाट आउनु भएको मानिसहरूसँग मैले यही कुरा गरेको थिए । नेपालमा तत्कालै हामीलाई कानूनको आवश्यकता छ, किनभने हामी दुईवटा शक्तिशाली देशको बीचमा रहेको एउटा राम्रो स्यान्डवीच हो, कुनैपनि समय हामी खाईन सक्छौ, त्यसले गर्दा देशको लागि कानून भयो भने न्यूक्लियर आयात गर्दा कसैलाई क्षति भयो भने जसले ल्याएको हो त्यो देशले व्यहोर्नुपर्छ ।’

जलवायु परिवर्तनको असरबाट बच्न आवश्यक कानून निमार्ण हुनुपर्नेमा जोड दिएकी छिन् । त्यस्तै जलवायु परिवर्तनको असरका कारण नेपाल सबैभन्दा धेरै मारमा परेको र महिलाहरूले त्यसबाट धेरै दुःख पाएको उनको भनाई छ ।

विश्व सुसमाचार समाज परमेश्वरको मण्डली नामक संस्थाले आयोजना गरेको ब्लु कार्बन सप्ताह अन्तर्गत सरसफाइ कार्यक्रममा उनले जलवायु परिवर्तनकै कारण नेपालमा ठुलो धनजनको क्षति भएको बताइन् ।

उनले भनिन् ‘जलवायुको कारणले सबैभन्दा मार नेपाललाई परेको छ, संसारभर छ तर नेपाललाई सैबभन्दा मार परेको छ, तराईमा हेर्ने हो भने, तराईमा जलवायु परिवर्तन कै कारणले बाढी आएर बस्ती बगाएको छ, बेमौसमी पानी परेको छ। तापक्रम हेर्ने हो भने ४७ डिग्रीको तातो छ ।’
जलवायु परिवर्तनको असरबारे बुझ्न केही समय अगाडि हिमाली क्षेत्रमा गएको स्मरण गर्दै उनले त्यहाँ पुगेपछि यसको असर महिलामा बढी परेको पाएको बताइन् ।

‘जलवायुको कारण सेता हिमालहरू काला पहाडहरूमा परिणत भएको छ, हिउँ नपरेर उत्पादन भइरहेको छैन। आलु फलाउन नसकेर यहाँबाट खाद्यान्नको लागि तराईमा भर पर्नुपर्छ । महँगो मूल्यमा सामान किनेर खानुपर्छ ।’ उनले भनिन् ‘यसको सबैभन्दा धेरै प्रभाव महिला, बालबालिका र जेष्ठ नागरिकलाई परेको छ ।’

सक्रिय जीवन नै मानव जीवनका लागि आवश्यक कुरा रहेको भन्दै उपसभामुख मगरले महिलाहरू धेरै सङ्घर्ष गरेकै कारण धेरै बाच्ने गरेको समेत सुनाइन् ।

‘अहिले सबैभन्दा बढी बाच्ने भनेको नै महिला हो, महिलाले घरको काम गरेर पनि समाजमा आफ्नो स्थान बनाउनको लागि पनि काम गर्नुपर्ने हुन्छ । नेपालको सन्दर्भमा बोलिले मात्र केही नहुने हुँदा काम गरेर देखाउनु आवश्यक हुन्छ ।’ उनले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस