मल खरिद गरिसक्यौँ, सङ्कट हुँदैन : मन्त्री भुसाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मल खरिद गरिसक्यौँ, सङ्कट हुँदैन : मन्त्री भुसाल


२७ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । कृषि, विज्ञान तथा प्रविधिमन्त्री वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मल खाद खरिद गरिसकेको बताएका छन्।

शनिबार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मल खरिद भइसकेको हुँदा कुनै समस्या नहुने बताएका हुन् ।

उनले भने, ‘सधैँभर मलको हाहाकार हुने भएकाले मलको निम्ति बजेटको सुनिश्चितता नै प्रमुख कुरा हो, बजेटको सुनिश्चितता नभएकाले नै यो समस्या आइरहेको थियो, त्यसलाई अन्त्य गर्न बजेट पारित भएपछि नै मल सुनिश्चितता हुने गरी बजेट निकासा गर्न लगाएका छौँ । यो वर्ष चाहिने जति मल खरिद गरी सकिएको छ। केही आइसकेको छ, केही आउने क्रममा छ। धेरै ठूलो सङ्कट पर्दैन।’

मन्त्री भुसालले आफ्नो पार्टी दुई वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको तर निर्णायक भने नभएकाले आफ्नो हिसाबले काम गर्न नसकेको बताए। उनले कृषिको बजारीकरण, औद्योगीकरणको समस्या समाधानका लागि पहल गरेको पनि बताए।

उनले मन्त्रालयले बाँझो रहेको जमिनलाई उपयोग गर्नका लागि बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने काम भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस