सरकारले राम्रो काम गर्दा भ्रष्टहरू आत्तिए : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारले राम्रो काम गर्दा भ्रष्टहरू आत्तिए : प्रधानमन्त्री प्रचण्ड


२७ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राम्रो काम गर्न थालेपछि भ्रष्टहरू आत्तिन थालेको बताएका छन् ।

शनिबार दिउँसो नुवाकोटको लाँकुरी भन्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको बताएका हुन्।

उनले भने, ‘सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो सङ्घर्ष गर्‍यौँ। त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ । तर एउटा वर्गलाई यो कुरा मन परेको छैन। यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू पनि छन्। सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्त्वहरू अत्तालिएका छन्। अर्थतन्त्रको चुनौतीका बीच पनि नीति, कार्यक्रम र बजेटमा अधिकतम सन्तुलन मिलाएका छौ‌। कृषिलाई उच्च प्राथमिकता दिएका छौँ, उत्पादन र उत्पादकत्व प्रवर्धन गर्ने नीति लिएका छौँ । उत्पादनले नै रोजगारी सृष्टिको ऐतिहासिक पहलको वातावरण बन्छ। कृषिको अनुदान सिधै किसानको हातमा दिने व्यवस्था गर्छौँ। यतातर्फ सरकारको ध्यान गएको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस