केइटा जर्मन क्लबमा अनुबन्धित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

केइटा जर्मन क्लबमा अनुबन्धित


२७ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । लिभरपुलका मिडफिल्डर नेबी केइटा जर्मन क्लब वेर्डेर ब्रेमेनमा अनुबन्धित भएका छन् ।

जर्मन क्लबले केइटालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । गिनिका मिडफिल्डरले बुन्डेसलिगा क्लबसँग ३ वर्षको सम्झौता गरेका छन् ।

केइटाको लिभरपुलसँगको सम्झौता सिजनको अन्त्यसँगै सकिएको थियो । २८ वर्षीय मिडफिल्डर २०१८ मा आरबी लाइपजिगबाट लिभरपुल आएका थिए ।

लिभरपुलका लागि उनले १२९ खेलमा ११ गोल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस