नेपाल र नेदरल्याण्ड भिड्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपाल र नेदरल्याण्ड भिड्दै


२७ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी अन्तर्गत नेपालले आज दोस्रो एकदिवसीय अभ्यास खेल नेदरल्यान्ड्ससँग खेल्दैछ ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ । गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

दक्षिण अफ्रिकामा भएको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भए पनि नेपालमा भएको खेलमा भने स्कटल्यान्डलाई नेपालले पराजित गरेको थियो ।

अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रिकाबाटै जिम्बावे जाने छन् ।

जिम्बावेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे,वेस्ट इन्डिज,नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । १८ जुन अर्थात् असार ३ मा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।

दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात् असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग २४ जुन अर्थात् असार ९ मा खेल्नेछ।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छन् ।

सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस