समानुपातिक बजेट वितरण गर्न सांसदको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

समानुपातिक बजेट वितरण गर्न सांसदको माग


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभामा सबै भूगोलका लागि समानुपातिक रूपमा बजेट विनियोजन हुनुपर्ने माग गरिएको छ । 

सभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले प्रधानमन्त्री, सत्तागठबन्धका शीर्ष नेता र अर्थमन्त्रीका गृह जिल्लामा बढी बजेट केन्द्रित गरिएको भन्दै समानुपातिक बजेट विनियोजन हुनुपर्ने माग गरे । 

उत्पादनमूलक अर्थतन्त्रलाई ध्यान दिँदै समग्र विकास केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै उनीहरूले विद्यमान आर्थिक सङ्कटको मोचन गर्ने बाटोमा बजेट लक्षित नभएको टिप्पणी गरे ।

छलफलमा सांसद देवप्रसाद तिमिल्सिना, दामोदर भण्डारी, हृदयराम थानी, पूर्णबहादुर तामाङ, देवीप्रसाद भट्टचन, तेजुलाल चौधरी, चन्द्रबहादुर विश्वकर्मा, सुशीला थिङ, सराद अहमद फारुकी, सरिता भुसाल, हर्कमाया विक, प्रेमबहादुर महर्जन र महेशकुमार बर्तौला लगायतले भाग लिएका थिए । 

प्रतिनिधि सभाको आगामी बैठकमा पनि सो बजेटमाथिको छलफल जारी रहनेछ । उक्त छलफल र अर्थमन्त्रीले जवाफ दिनका लागि २८ जेठमा समय थप गरिएको बैठकमा सभामुख देवराज घिमिरेले जानकारी गराएका थिए । 

शुक्रबारको बैठकमा संविधानसभामा मन्त्रिपरिषद्को सिफारिसमा मनोनीत तत्कालीन सदस्य महेश चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ ।

सभाको अर्को बैठक २८ जेठमा बिहान ११ बजे बस्नेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस