माओवादीलगायत विचार मिल्नेसँग एकता गर्ने समाजवादीको निर्णय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

माओवादीलगायत विचार मिल्नेसँग एकता गर्ने समाजवादीको निर्णय


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग एकताका लागि पहल गर्ने निर्णय गरेको छ  

काठमाडौँमा दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको छ । 

पार्टी एकताअघि एजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मोर्चा बनाउँदै एकताको पहल अघि बढाउने समाजवादीको निर्णय छ ।

समाजवादी केन्द्र-ध्रुव निर्माणका लागि समाजवादकेन्द्रित कार्यक्रमसहित माओवादी पार्टीलाई एकताका लागि वार्ता समितिले प्रस्तुत गर्ने प्रस्तावको औपचारिक जवाफ आएपछि पार्टीले थप निर्णय गर्ने समाजवादीले जनाएको छ ।

केन्द्रीय समितिले असारदेखि मंसिरसम्म सङ्गठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकले अध्यक्ष र सह अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव व्यापक छलफल गरी एकमतले पारित गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस