देउवाकै अगाडी गगनको प्रश्न-एउटै व्यक्ति २ पटक भन्दा बढी प्रधानमन्त्री किन बन्ने ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देउवाकै अगाडी गगनको प्रश्न-एउटै व्यक्ति २ पटक भन्दा बढी प्रधानमन्त्री किन बन्ने ?


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामहामन्त्री गगन थापाले एउटै व्यक्ति २ पटक भन्दा प्रधानमन्त्री किन बन्ने भन्दै प्रश्न उठाएका छन्।

सभापति शेरबहादुर देउवा प्रमुख अतिथि भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको कार्यक्रममा महामन्त्री थापाले भने,‘ एउटै व्यक्ति २ पटक भन्दा बढी प्रधानमन्त्री किन बन्ने ? २, ३, ४ चोटि प्रधानमन्त्री हुने कुरा व्यक्ति वा नेतासँग जोडिएको प्रश्न होइन। विधिसँग जोडिएको प्रश्न हो।’ सभापति देउवा पाँच पटक प्रधानमन्त्री बनिसकेका छन्।

एउटै व्यक्ति पटक पटक एउटै पदमा रहने विषय पार्टीभित्र खुलेर छलफल गर्ने बेला भएको थापाले बताए। काँग्रेस ठिक ठाउँमा उभिएन भने नेपालमा विधिको शासन नरहने थापाको जिकिर छ।

पार्टीभित्र क्रियाशील सदस्यता वितरणको प्रक्रियाले गुट बनेको थापाले बताए। समिति व्यक्तिलाई सदस्यता दिने, दिइएको सदस्यता आधारमा प्रतिनिधि छान्ने प्रणाली गलत रहेको थापाको निचोड छ।

काँग्रेसको शुभेच्छुक संस्था डिएलएको ११ महाधिवेशन चितवनमा शुक्रबारदेखि सुरु भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस