फेरि पनि हटेन नेपाल ईयूको कालो सूचीबाट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

 फेरि पनि हटेन नेपाल ईयूको कालो सूचीबाट


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची)’बाट उम्कन पुनः असफल भएको छ । 

युनियनको अंग्रेजी महिना मेमा बस्ने सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा दोहोर्‍याएको छ । 

वर्षमा दुई पटक मे र नोभेम्बर महिनामा सुरक्षा काउन्सिलको बैठक बस्छ । सो बैठकले मात्र यो सूची रिभ्यू गर्छ । सोही कारण अब कम्तीमा ६ महिना नेपाल कालोसूचीमा यथावत रहने निश्चित भएको छ । ईयूले बुधबार (७ जुन)यस्तो सूची अपडेट गरी सार्वजनिक गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस पटक पनि नेपाल कालोसूचीबाट हट्न नसक्नुमा १ माघ २०७९ का दिन पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मुख्य कारण हो ।

पोखरा दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो । यो नेपालको आकाश भित्र भएको आन्तरिक उडानको सबैभन्दा ठूलो दुर्घटना थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस