बजेटमा राजश्व सङ्कलनको अनुमान अविश्वसनीय : स्वर्णिम वाग्ले « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बजेटमा राजश्व सङ्कलनको अनुमान अविश्वसनीय : स्वर्णिम वाग्ले


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा आयको अनुमान अविश्वनीय र व्यय इच्छाप्रेरित रहेको बताएका छन् । उनले सरकारले ल्याउने बजेट र राष्ट्र बैंकको मौद्रिक नीतिमा विशेष महत्त्व हुने भन्दै दुवैको तादम्यता र समन्वयले अर्थतन्त्रलाई लयमा हिँडाउन मद्दत गर्ने बताए ।

‘विगत २ वर्षमा वित्त र मौद्रिक नीतिबीच समान्जस्यता टुट्नाले पनि अर्थतन्त्रमा आवश्यकताभन्दा बढी असहजता देखिएको सर्वविदितै छ’ वाग्लेले भने, ‘गत वर्ष कुल गाह्रस्थ उत्पादनको ३४ प्रतिशतको बजेट आएको थियो । मध्यावधि समीक्षामा त्यसलाई स्वाट्टै घटाइयो । अहिले त्यो सुकेर २७ प्रतिशतमा झरेको छ ।’

यस्तै उनले एक वर्षबाट अर्को वर्षको बजेटको आकारमा ६ प्रतिशत अङ्क कम आउनुले बजेटको अङ्कलाई विश्वसनीय नबनाउने टिप्पणी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस