गाँजा बोकेर जेल परेका युवाहरूलाई जेलमुक्त गर्न माग  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गाँजा बोकेर जेल परेका युवाहरूलाई जेलमुक्त गर्न माग 


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले भरियाका रूपमा गाँजा बोकेका कारण जेल परेकाहरूलाई जेल मुक्त गर्न माग गरेका छन् ।

‘जो भरिया भएर गाँजा बोक्दै थिए । ती व्यापारी थिएनन् । हातमुख जोर्नका लागि काम गर्दै थिए ती जेलमा छन् । जेलबाट ती युवाहरूलाई, सरकारले घोषणा गरोस्-तिनीहरूलाई जेलमुक्त गरियोस् त्यो म माग गर्न चाहन्छु’, शुक्रबार प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उनले भने ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव गरेको छ । गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस