प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी, यस्तो छ आरोप « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी, यस्तो छ आरोप


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ। संसदीय सुनुवाइ समितिले शुक्रबार (जेठ २६ गते)सम्म प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन भनेको थियो। निर्धारित समयभित्र २९ वटा उजुरी प्राप्त भएको सुनुवाइ समितिको सचिवालयले जनाएको छ।

५ वटा इमेलबाट बाँकी व्यक्ति स्वयम उपस्थित भएर सुनुवाइ समितिमा उजुरी दिएका हुन्। उजुरीकर्ताहरूमा ६ जना कानुन व्यावसायी छन्। बहालवाला न्यायाधीशले समेत कार्कीविरुद्ध उजुरी दिएका छन्।

बहालवाला न्यायाधीश श्रीकृष्ण भट्टराई, अधिवक्ताहरू यादव कोइराला, ध्रुवबहादुर श्रेष्ठ, अभियन्ता रतन भण्डारीलगायतले प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिएका छन्। अधिकांश उजुरीमा कार्कीको दलीय आबद्धता रहेको आरोप लगाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस