नडराउनुस् फेरि सभापतिमा उठ्दिन : देउवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नडराउनुस् फेरि सभापतिमा उठ्दिन : देउवा


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू तेस्रोपटक सभापतिमा उठ्न नपाउने भएकाले डर नराख्न नेताहरू सुझाव दिएका छन् ।

चितवनमा भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औँ महाधिवेशनका क्रममा बोल्दै दपार्टी सभापति देउवाले यस्तो बताएका हुन् । 

काँग्रेसको विधान अनुसार दुईपटक भन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ । विधानको उक्त व्यवस्था हटाउने पक्षमा आफू नरहेकाले नेताहरुले डर नराख्न उनले आग्रह गरेका छन् । एमालेले ७० वर्ष उमेर हद हटाएको बताउँदै देउवाले काँग्रेसमा रहेको व्यवस्था हटाउने पक्षमा आफू नरहेको प्रष्टीकरण दिए ।

पार्टी भित्रका सबै मिल्नुको विकल्प नरहेको देउवाले बताए । काँग्रेसको शुभेच्छुक संस्था डीएलएको ११ महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । देउवाले निर्वाचनमा सकेसम्म सहमति नेतृत्व चयन गर्न सुझाव दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस