वित्तीय साक्षरता नहुँदा सहकारीमा गन्नेमान्यले पनि पैसा डुबाए : पूर्वगभर्नर  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वित्तीय साक्षरता नहुँदा सहकारीमा गन्नेमान्यले पनि पैसा डुबाए : पूर्वगभर्नर 


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले शिक्षितहरूमा वित्तीय ज्ञान नहुँदा समस्या आएको बताएका छन् । 

शुक्रबार एक कार्यक्रममा बोल्दै नेपालले वित्तीय ज्ञान सबैलाई आवश्यक रहेको बताएका छन् । वित्तीय ज्ञान नहुँदा सहकारीमा करोडौँ रुपैयाँ गन्नेमान्य र शिक्षितहरूले नै डुबाएको बताए ।

“म गभर्नर हुँदा तपाईँहरूले मान्ने मान्छे नै सहकारीलाई डुब्न नदिन र आफ्नो बचतफिर्ता गरिदिन आग्रह गर्दै आउनुहुन्थ्यो,” उनले भने, “कलेज पढाउनुहुने प्रोफेसरले नै सहकारीमा ब्याजको लोभले पैसा राख्ने गर्नु भएको थियो । सहकारी डुबेपछि करोडौँ रुपैयाँ छोड्न बाध्य पनि हुनु भएको छ ।”

सहकारीमा कस्तो कारोबार गर्ने भन्ने थाहा नहुँदा पनि यस्तो जोखिम आएको उनले बताए । यसलाई सुधार गर्न पनि वित्तीय ज्ञानको आवश्यकता रहेको उनले बताए ।

सहकारीमा पैसा फस्नेमा व्यवस्थापन पढेकै बढी भएको पनि उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस