गाली गलौच र खुट्टा तान्ने काम धेरै भयो, अब इनफ इज इनफ : प्रधानमन्त्री  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गाली गलौच र खुट्टा तान्ने काम धेरै भयो, अब इनफ इज इनफ : प्रधानमन्त्री 


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अराजकताले सीमा नाघिसकेकाले इनफ इज इनफ भन्ने अवस्थामा पुगी सकेको बताएका छन् । 

पार्टीको रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

एकले अर्काको खुट्टा तान्ने र एक आपसमा गाली गलौच धेरै भई सकेकाले रोकिनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा अति भइसक्यो इनफ इज इनफ भन्छन्  नि त्यो गर्ने बेला भयो ।  एकले अर्काको खुट्टा तान्ने आपसमा गाली गलौच गर्ने तछाड र मछाड धेरै भयो,’ प्रचण्डले थपे, ‘देश बनाउन होइन देश बिर्गान तछाड मछाड गरे जस्तो विगतको अनुभव भयो । अब देश बनाउन राष्ट्रिय एकता गर्नुपर्ने भयो ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस