सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोगले निजी क्षेत्रलाई समस्या  « प्रशासन
Logo १२ आश्विन २०८०, शुक्रबार
   

सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोगले निजी क्षेत्रलाई समस्या 


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन्।

उनले नेपालमा लगानी गर्न प्रकृतिले नै अथाह सम्भावना दिएपनि सरकारको नीतिका कारण लगानी गर्न कठिन भइरहेको बताए। उनले लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहेपनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन नसकेको बताए।

साना कुरामा पनि झन्झट व्यहोर्नुपरेको भन्दै क्याबिनेटबाट निर्णय भइसकेका कुरामा पनि कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले समस्या भोगिरहेको उनको भनाइ छ।

लगानीको वातावरण नहुँदा लगानीकर्तामा निराशा उत्पन्न भएको उनले बताए। उनले निजी क्षेत्रका फाइलहरू सरकारी कार्यालयबाट अघि बढ्न नसक्दा निजी क्षेत्रलाई थप लगानीका कुरामा समस्या भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस