पाँच सय जना महिलालाई निःशुल्क तालिम दिने बोर्डको तयारी  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाँच सय जना महिलालाई निःशुल्क तालिम दिने बोर्डको तयारी 


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका महिलाहरूलाई आउँदो असार पहिलो हप्तादेखि गार्मेन्ट मेसिन अपरेटरको सीप तालिम निःशुल्क प्रदान गर्ने भएको छ ।

बिहीबार एक सूचना जारी गर्दै बोर्डले राहदानी बनाएका वा बनाउन सम्बन्धित निकायमा राजस्व बुझाइसकेका इच्छुक महिलाहरूलाई गार्मेन्ट मेसिन अपरेटरको सीप तालिम लिने चाहना भएमा सात दिन भित्र सम्पर्क गर्न आह्वान गरेको छ । 

यो सीप तालिम काठमाडौँ उपत्यका विभिन्न नौ वटा तालिम प्रदायकले प्रदान गर्ने छन् । पहिलो चरणमा बोर्डले यो सीप तालिम पाँच सय जनालाई प्रदान गर्दै छ । 

यो सीप तालिम लिन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने आवेदन फारम निःशुल्क बुझाउन सकिने जनाइएको छ । 

यो सीप तालिम आवासीय हुनेछ । खाने बस्ने सुविधासहितको यो तालिम लिएबापत पैसा तिर्न नपर्ने विभागको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस