शिक्षा कार्यालयमा विद्यालय कर्मचारीको धर्ना « प्रशासन
Logo १२ आश्विन २०८०, शुक्रबार
   

शिक्षा कार्यालयमा विद्यालय कर्मचारीको धर्ना


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद् सङ्खुवासभाले सेवा सुविधाको माग गर्दै शिक्षा विकास तथा समन्वय एकाइ सङ्खुवासभामा धर्ना दिएको छ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल र कार्यालय सहयोगी को सेवा सुविधामा विभेद गरेको भन्दै आज समन्वय एकाइमा नेपाल विद्यालय कर्मचारी परिषद् सङ्खुवासभाले धर्ना दिएको हो।

साथै विद्यालय कर्मचारी परिषद्ले आजै शिक्षा विकास तथा समन्वय एकाइ सङ्खुवासभाका प्रमुख केशव भट्टराईलाई विभिन्न मागसहित ज्ञापनपत्र समेत बुझाएको छ। सरकार र विद्यालय कर्मचारी परिषद्‌बीच विभिन्न समयमा भएका सम्झौता कार्यान्वयनका लागि दबाब दिन धर्ना कार्यक्रम गरिएको नेपाल विद्यालय कर्मचारी परिषद् सङ्खुवासभाका अध्यक्ष टङ्कबहादुर दर्जीले बताए।

आव २०८०।०८१ को सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा विद्यालय कर्मचारीको सेवा सुविधा सुनिश्चित गर्ने उल्लेख गरिएको विषय हटाएका कारण आन्दोलनमा उत्रनुपरेको अध्यक्ष दर्जीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस