आफ्ना नेताहरूमाथिको आक्रमणमा संलग्नबारे जवाफ नदिए सदन चल्न नदिने एमालेको चेतावनी  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आफ्ना नेताहरूमाथिको आक्रमणमा संलग्नबारे जवाफ नदिए सदन चल्न नदिने एमालेको चेतावनी 


२५ जेष्ठ २०८०, बिहिबार


सुन प्रकरणमा कर्मचारीमात्र नभई अर्थमन्त्री र गृहमन्त्रीकै संलग्नता छ : एमाले

काठमाडौँ । नेकपा एमालेले भोलिबाट सदन अवरोध गर्ने चेतावनी दिएको छ । कोशी प्रदेशमा पहिचानवादीले एमाले नेता कार्यकर्तामाथि आक्रमण गरेको भन्दै एमालेले सदन चल्न नदिने चेतावनी दिएको हो ।

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, ‘नेकपा एमालेका नेता कार्यकर्तालाई लक्षित गर्दै, हाम्रो शान्तिपूर्ण कार्यक्रममा ढुंगामुडा गर्ने र आतङ्कित गर्ने काम सरकारमै रहेका सत्तारुढ पार्टीका कार्यकर्ताबाट भइरहेको छ । हाम्रो पार्टीको अध्यक्षमाथि पनि घटना भएको थियो । हामीले संसदमा जानकारी गराएका थियौँ । आज पनि कोशी प्रदेशको हाम्रो संसदीय दलको उपनेता राम रानामाथि घेराबन्दी गरेर मोबिल छर्केर आगो लगाउने प्रयास भयो इलाममा। कोशी प्रदेशका सभामुख सिर्जना दनुवारमाथि पनि ढुंगामुढा भएको छ ।’

सत्तापक्षकै व्यक्तिहरूको संलग्नतामा आतङ्क सिर्जना गर्ने काम भइरहेको आरोप लगाए। एमाले नेताहरूमाथि भएको घटना निन्दनीय रहेको जिकिर गर्दै अब सहन नसक्ने बताए ।

उनले भने, ‘हामीमाथि निरन्तर यो प्रकारले हमला हुन्छ भने हामी प्रतिवाद छौँ । आक्रमणमा कोको थिए भन्ने सरकारले सदनलाई जानकारी गराओस्। नत्र हामी भोलिबाट सदन चल्न दिँदैनौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस