दिपकको कटाक्ष : भुईँको टिप्न नखोजौँ, भएकोलाई जोगाऔँ ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दिपकको कटाक्ष : भुईँको टिप्न नखोजौँ, भएकोलाई जोगाऔँ !


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पुरानो नेपालको नक्साको फोटो आफ्नो कार्यकक्षमा झुण्डाएका छन् ।

बिहीबार मेयर बालेनले ‘ग्रेटर नेपाल’ को तस्बिर आफ्नो कार्यकक्षमा राखेपछि अहिले सामाजिक सञ्जाल ‘ग्रेटर नेपाल’को फोटोमय बनेको छ । उनले उक्त तस्बिर आफ्नो कार्यकक्षमा राखेपछि धेरैले उनको प्रशंसा गरेका छन् ।

तर हरेक विषयवस्तुमा अग्रसर हुने कलाकार दिपकराज गिरिले भने बालेनलाई लक्षित गरी एक स्ट्याटस लेखेका छन् । उनले बालेनको नामै किटान गरेर भनेका त छैनन् । तर उनले लेखेको स्ट्याटस बालेनलाई नै हो भनी छुट्याउन कठिनाइ भने छैन । उनले भुईँकोलाई टिप्न नखोजौँ, भयकोलाई जोगाऔँ भन्दै कटाक्ष गरेका छन् ।

उनले लेखेका छन्, ‘अहिलेको सानो नेपाल त राम्रोसँग जोगाउन नसकेर यो गति छ ! यति ठुलो भा भए के गर्थे होलान् ? भुईँको टिप्न नखोजौँ, भएकोलाई जोगाऔँ !’

Tags :
प्रतिक्रिया दिनुहोस