सरकारमा सहभागी हुँदै जनमत पार्टी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारमा सहभागी हुँदै जनमत पार्टी


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले परिस्थिति बनेमा आफूहरू सरकारमा सहभागी हुने बताएका छन् ।

राउतले पछिल्लो समय प्रधानमन्त्रीसँग सरकारमा सहभागिताका विषयमा कुराकानी हुन नपाएको बताए । यद्यपि परिस्थिति बनेमा र मन्त्रालय खाली भएमा सरकारमा सहभागी हुने ढोका खुल्ने बताएका हुन्।

‘प्रधानमन्त्रीको भारत भ्रमण र बजेटका कारण कुरा हुन पाएको छैन’ उनले भने, ‘परिस्थिति बन्यो भने र (मन्त्रालय) खाली भयो भने त्यस कुराको ढोका खुल्छ ।’

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्दा जनमत पार्टीका अब्दुल खाँलाई खानेपानी मन्त्री बनाएका थिए । तर रोजेको मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले पुन जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी गरेका छन् । त्यसका लागि माओवादी केन्द्रकै एक मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने प्रचण्डको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस